बर्दियामा १७ किलो चरेस पक्राउ

बर्दिया, १४ मंसिर । बर्दियाको जमुनीबाट प्रहरीले १७ किलो चरेस सहित ३ जनालाई आज पक्राउ गरेको छ ।
नेपालबाट भारत तर्फ लैजादै गरिएको चरेस सहित कोहलपुर बाँकेकी रुपा बुढामर, धादिङ्ग बार्खा–४ का अमर तामाङ र नुवाकोट भाल्चे–७ का मेदार घलेलाई जमुनीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई छलेर भाग्दै गर्दा जमूनीमा रहेको प्रहरी पोष्टले उनीहरुलाई पक्राउ गरेको प्रहरी इञ्चार्ज रमेश गुरुङले जानकारी दिए ।
खुल्ला नाका भएका कारण जमुनी, कालिका र महम्मदपु लगायतका गाविस हुँदै भारत तर्फ चरेस तस्कर हुने गरेको छ ।

प्रतिक्रिया