आगलागीमा घर जले

उदयपुर : त्रियुगा–११ लालपत्तामा बुधबार दिउँसो विद्युत्को तार सर्ट भएर एक घर र दुई गोठमा आगलागी भएको छ । स्थानीय डिबहादुर विकको घर र गोठमा आगलागी हुँदा पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट विकको लत्ताकपडा, भाँडाकुडा, अन्नपातका साथै चारतोला चाँदी, एकतोला सुन र नगद १५ हजार जलेर नष्ट भएको लालपत्ता प्रहरी चौकीका इन्चार्ज सइ आनन्द चौधरीले बताए । स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । (सौस)

प्रतिक्रिया