सरकार बनाउन कांग्रेस/एमाले बार्ता

काठमाडौं, १३ मंसिर । सरकार बनाउने तयारीमा जुटेको कांग्रेसले एमालेलाई सहयोगका लागि पुनः आग्रह गरेको छ ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज भएको छलफलमा कांग्रेस नेताहरुले सरकार बनाउन सहयोग गर्न आग्रह गरेका हुन् । जवाफमा एमाले नेताहरुले कांग्रेसलाई सहयोग गर्ने आश्वासन दिएका छन् ।
छलफल पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतीय सरकारको नेतृत्वका लागि सहयोग गर्न एमालेसँग आग्रह गरिएको बताए । उनले भने, ‘सहमतीय सरकारका लागि सबै दलसँग छलफल आवश्यक रहेकाले एमालेसँग परामर्श गरेका हौं ।’

उपसभापति पौडेलले सहमतीय सरकारका लागि समय अपुग भए राष्ट्रपतिसँग थप गर्न आग्रह गरिने समेत बताए ।
छलफलमा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो । अन्य दलहरुसँग पनि बिहीबार छलफल गर्ने कांग्रेस र एमालेले सहमति गरेका छन् ।
सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा बिहीबार बेलुका चार बजेट सकिँदै छ ।

प्रतिक्रिया