अनेमसंघ जाजरकोटमा सिंह सर्वसम्मत

जाजरकोट, १३ मंसिर । एमाले निकट अलिख नेपाल महिला संघ जाजरकोटको अध्यक्षमा सुशीला सिंह चयन भएकि छन् ।
मंगलबार अबेर राति सम्पन्न तेश्रो जिल्ला सम्मेलनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लक्ष्मी नेपाली, कमला शाही, सचिवमा कौशिला वली, सह–सचिवमा हरिकला जैसी र कोषाध्यक्षमा कृष्णाकुमारी सिंह चयन भएको संघले जनाएको छ ।
सदस्यहरुमा हीरा रोकाय, रेवती सुनार, धर्मा गिरी, विष्णु गौतम, रञ्जना सिंह, गौरीदेवी शाही, शान्ता शाही, देविका नेपाली निर्वाचित भएका छन् ।

प्रतिक्रिया