सौर्यकर्मीलाई अन्तर्राष्ट्रिय पुरस्कार

जापान : सौर्यकर्मी प्रमोदकुमार टण्डन एसिया प्यासिफिक क्षेत्रको ‘युवा विकास पत्रकार– २०१२’ घोषित भएका छन् । एसियाली विकास बैंक इन्स्टिच्युट
(एडिबिआई)ले जापानको टोकियोमा मंगलबार आयोजना गरेको ‘विकासशील एसिया पत्रकारिता पुरस्कार २०१२’ वितरण कार्यक्रम (डाजा अवार्ड सेरेमोनी) मा टण्डनलाई एडिबिआईका डिन तथा मुख्य कार्यकारी अधिकृत मासाहिरो कवाईले पुरस्कार प्रदान गरे । टण्डन एसिया प्यासिफिक क्षेत्रका ४९ देशबाट छानिएका २५ मध्येबाट युवा विकास पत्रकार घोषित भएका हुन् । फाइनलमा छानिएका २५ जनामा उनीसँगै चारजनाले एडिबिआईको अवार्ड प्राप्त गरेका छन् । विकास पत्रकारको पुरस्कार बंगलादेशका पत्रकार सयद जेइन अल महमुदले प्राप्त गरे । त्यस्तै, अवार्डको पहिलो र दोस्रो रनर अप क्रमश: चीनका गोन जिङ र भारतका रेजी जोसेफ भए । (सौस)

प्रतिक्रिया