आमाको किरिया गर्दै छोरी

उदयपुर : भलायडाँडा–१ पाख्रेफाँटकी ४४ वर्षीया कृष्णामाया पुलामी आमाको किरियामा बसेकी छन् । आमा शनिमायाको मृत्युपछि उनी किरियामा बसेकी हुन् ।
उनी परिवारकी जेठी छोरी हुन् । बहिनीले विवाहपछि धर्म परिवर्तन गरेपछि दाजुभाइ कोही नभएकाले आमाको किरियामा छोरी बसेकी हुन् । ‘आमाको आत्माले शान्ति पाओस् भनेर कपाल मुण्डन गरेर किरियामा बसेकी हुँ,’ कृष्णमायाले भनिन्, ‘चार वर्षअघि बाबुको निधन हुँदा पनि शिवालय मन्दिरमै हिन्दू परम्पराअनुसार किरिया गरेकी थिएँ ।’ (सौस)

प्रतिक्रिया