मनीषा अस्पताल भर्ना

काठमाडौं : अभिनेत्री मनीषा कोइराला अस्पताल भर्ना भएकी छिन् । पेटसम्बन्धी समस्याले सताएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेकी उनलाई इमरजेन्सी वार्डमा चेकअपका लागि भर्ना गरिएको थियो । डाक्टर मधु घिमिरेको सक्रियतामा उनको उपचार भइरहेको अस्पतालस्रोतले जानकारी दियो । उनको स्वास्थ्यस्थितिबारे अस्पतालले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।
व्यवसायी सम्राट दाहालसँगको वैवाहिक जीवन टुक्रिएपछि फ्रस्टेड भएर माइतीघरमा बस्दै आएकी मनीषा पछिल्लो समय फेरि बलिउडमै काम गर्ने भन्दै मुम्बई हानिएको थिइन् । तर, उनले अभिनय गरेको पछिल्लो बलिउड चलचित्र ‘भूत रिटन्र्स’ले खासै चमत्कार गर्न सकेन । (सौस)

प्रतिक्रिया