सुगरिकाले लगनगाँठो कस्ने

काठमाडौं : पूर्व मिस नेपाल सुगारिका केसी विवाहबन्धनमा बाँधिने भएकी छन् । आगामी १५ गते सनत न्यौपानेसँग नख्खुको युनिभर्सल क्याफेमा परम्परागत शैलीमा बिहे गर्ने सुगरिकाले बताइन् । ‘उहाँ बतास अर्गनाइजेसनमा कार्यरत हुनुहुन्छ,’ उनले आफ्ना हुनेवाला दुलहाबारे जानकारी दिइन्, ‘उहाँको खास ठेगानाचाहिँ अहिले बिर्सिएछु ।’
सनतसँग उनको मागीविवाह हुन लागेको हो । सुगरिकाका अनुसार सनत र उनको भेट पहिलोचोटि चार वर्षअघि एउटा कार्यक्रमको सिलसिलामा भएको थियो । त्यसपछि पनि कामका सिलसिलामा भेट्न थालेका उनीहरूबीच साथीको सम्बन्ध कायम हुँदै आएको थियो । दुवैले मन पराएपछि परिवारका तर्फबाट कुरो चलाइएको हो । विवाहकै तयारीमा व्यस्त हुनुपरेपछि सुगरिकाले हिजोआज कुनै पन सार्वजनिक कार्यक्रममा सहभागिता जनाएकी छैनन् । (सौस)

प्रतिक्रिया