दस लाख बराबरको नोक्सानी

झापा, १० मंसिर । झापा जिल्ला सुरुङ्गा–३ मा आगलागी हुँदा करिब दस लाख बराबरको नोक्सानी भएको छ ।
स्थानीय निर्मल खनालको घरमा आज दिउँसो आगलागी हुँदा धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बिद्युत् सर्ट भई शुरु भएको आगलागीबाट २ तले काठको घर, १० तोला सुन, ७० तोला चाँदी, ४७ हजार नगद, टिभी र ल्यापटप, लताकपडा, भाँडावर्तन, अन्नपातलगायतका सामग्री जलेर नष्ट भएको छ ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ढिलो गरेर आगो नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया