एमाओवादी परित्याग गर्ने २८ नेता

सिन्धुपाल्चोक, ९ मंसिर । सिन्धुपाल्चोक जिल्लामा एमाओवादीका दुई दर्जन बढि नेता कार्यकर्ता नेकपा–माओवादीमा प्रवेश गरेका छन् ।
२८ जना नेता तथा कार्यकर्ताले आज चौतारामा पत्रकार सम्मेलन गरी एमाओवादी परित्याग गरेको घोषणा गरेका हुन् । उनहरु नेकपा–माओवादीमा प्रवेश गरेको जनाएका छन् ।
एमाओवादी परित्याग गर्नेमा ताम्सालिङ राज्य कमिटी सदस्य देवी दुलालसहित तीन जना जिल्ला कमिटी सदस्य छन् ।
पाँच ईलाका कमिटी सदस्य, दुई वाईसियल जिल्ला सदस्य र बाँकी साधारण सदस्यले पनि एमाओवादी परित्याग गरेका छन् ।
नेकपा–माओवादी प्रवेश गरेका ताम्सालिङ राज्य कमिटी सदस्य दुलालले एमाओवादी पैसाको पछि लागेर जनताको मर्म विपरीतका कार्य गरेको आरोप लगाए ।

प्रतिक्रिया