कंकालसँग सेक्स

स्टकहोम : नकुहिएको लाससँग सहवास गरेको प्रसंग दन्त्यकथामा यदाकदा सुन्न पाइन्छ । तर, कंकालसँग कसैले सहवास गर्ला भन्ने कसले पो चिताएको हुन्छ र † सबैलाई चकित पार्ने यस्तो घटना हालै स्विडेनमा घटेको छ । कंकालसँग यौन क्रिडामा लिप्त रहँदै आएको आरोपमा एक महिलालाई गत महिना पक्राउ गरिएको छ ।
स्विडेनकी ३७ वर्षीय ती महिलाको फ्ल्याटमा छापा मारेपछि यो रहस्य खुलेका हो । फ्ल्याटमा कंकालका सय वटा भाग फेला पारिएको थियो । कंकालका टुक्राटुक्रिमार्फत ती महिलाले आफ्नो यौन तृष्णा मेटाउने गरेको बताइएको छ ।
यौन क्रियाकलापका लागि ती महिलाले खप्पर र मेरुदण्डलाई बढी उपयोग गर्ने गरेको जनाइएको छ । उनको कोठाबाट ६ वटा खप्पर र एउटा मेरुदण्ड फेला पारिएको थियो । साथै ती महिलाले कामुक मुद्रामा खप्परसँग टाँसिएर खिचाएको फोटोसमेत फेला पारिएको प्रहरीले जनाएको छ । तर, ती महिलाले भने यौन तृष्णा मेटाउन नभई इतिहाससम्बन्धी आफ्नो जिज्ञासा समाधान गर्न कंकाल जम्मा गरेको बयान दिएकी छिन् ।
एक स्थानीय अखबारले केही दिन अघि सामाजिक सञ्जालमा ती महिलाले सांकेतीक रूपमा कंकालसँग आफ्नो ‘अफेयर’ चलेको उल्लेख गरेको जनाएको छ । ‘केही वर्षअघि इन्टरनेट फोरममा उनले ‘त्यो मान्छेले मलाई यौन सन्तुष्टि हासिल गर्ने अनुमति देओस्, चाहे त्यो जिउँदो होस् या मृत’ लेखेको समाचारमा उल्लेख छ । (डेलिमेल)

प्रतिक्रिया