अहिलेको बजेटले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?

वर्तमान सरकारले षडयन्त्रमूलक ढंगबाट अहिले ल्याएको दुई तिहाई बजेट कामचलाउ बजेट हो । राष्ट्रपतिले छाप लगाइसकेकाले यसले बजेटको रूप लियो । यो कार्यान्वयनमा जानसक्ने अवस्था छैन । यो सरकारको बजेटको माध्यमबाट चुनावको पासा फ्याकेर आफ्नो आयू लम्ब्याउने चाल मात्रै हो । चुनाव किन हुन सकेन भन्ने बारेमा समिक्षा नगरी नयाँ चुनावको घोषणा गरिएको छ ।
राष्ट्रपतिले पनि प्रभावमा परेर वा दबाबमा परेर अथवा झुक्यानमा परेर स्वीकृत गरेका छन् । प्रतिपक्षीसँग सहमति नगरी अगाडि बढ्ने मनशाय देखियो । राष्ट्रपतिले कुनै कदम चाल्छन् कि भन्नेबाट बच्न सरकारले पासा फ्याकेको हो । यो बजेटले तलब पाउन नसकेका कर्मचारी तलबसम्म त खान पाउलान् तर यसले शिक्षा, स्वास्थ्य, रोजगारी, विकासनिर्माण तथा अर्थतन्त्रमा कुनै सकारात्मक प्रभाव पार्न सक्दैन । बजेटका नाममा सरकारले ‘पोलिटिक्स’भन्दा पनि ‘पोलिट्रिक्स’ खेलेको आभास गराउँछ ।

प्रतिक्रिया