सुट र सन्नीबीच प्रचार सम्झौता

काठमाडौं : आगामी फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने तयारी गरेको चलचित्र सुटले प्रचारप्रसार सुरु गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत निर्माण समूहले यसबारे जानकारी गराएको हो ।
विश्वदीप घिमिरेको निर्देशन र अनुष्का खड्काको निर्माणमा तयार भएको ‘सुट’ ले प्रचारप्रसारका लागि सन्नी हर्बलसँग सहकार्य पनि गरेको छ । कार्यक्रममा निर्देशक विश्वदीप तथा हर्बलका प्रतिनिधिले यससम्बन्धी सम्झौता गरे ।
विशाल केसी, रञ्जिता लिम्बु, दिनेशजंग खड्का, सुरज रानाभाट, नीता पोखरेल, दीपक क्षत्रीलगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्रमा यम आलेको छायांकन, अच्युत घिमिरेको नृत्य, रमेश अधिकारीको गीत छ भने भोजराज प्रसार्इं र राजु सरोजले संयुक्त रूपमा संगीत दिएका छन् ।
भौतिक सुटभन्दा बौद्धिक सुट बढी प्रभावकारी हुन्छ भन्ने सन्देश चलचित्रले दिने निर्माण समूहले जानकारी गरायो । कार्यक्रममा सन्नी हर्बलले आफ्नो उत्पादनको साबुन उपस्थितहरूलाई उपहारका रूपमा बाँडेको थियो । (सौस)

प्रतिक्रिया