भारु साट्न काउन्टर अभाव

मङ्गलवारे, ६ मंसिर । भारत प्रवेश गर्ने इलामको पशुपतिनगर नाकामा भारतीय मुद्रा (भारु) सटही काउन्टर नहुदा सर्वसाधारण र पर्यटक ठगिने क्रम बढेको छ ।

पशुपतिनगरमा भारतीय नोट सटही काउन्टर नहुदा सर्वसाधरणले स्थानीयसाग पैसा साट्दा बढी कमिसन तिर्नु परिरहेको गुनासो उनिहरुको छ ।
सशस्त्र द्वन्द्वअघि पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैंकले नोट सटहीको सुविधा दिने गरेको थियो । तर हाल बैंक भए पनि सटहीको सुविधा बैंकले हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका साथै उपभोक्ता व्यापारीसग रकम साट्दा ठगिने गरेका हुन् । सटही काउन्टर पुन:स्थापनाका लागि पटकपटक सरकारसाग माग गरे पनि सुनुवाइ नभएको पशुपतिनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राई बताउछन् ।
भारु एक हजार साट्दा दलालले ४० रुपिया कमिसन लिन्छन् । दलाललाई कमिसन दियो भने नेपाली रुपैया १० हजारसम्म साट्न सकिने एक स्थानीयले भने । पशुपतिनगर नेपाली बजार भए पनि विगतदेखि नै कारोबार भारतीय रुपैयामा हुदै आएको छ ।
पशुपतिनगरमा पर्यटक देख्ने बित्तिकै दलालहरू भारतीय नोट लिएर साट्न आग्रह गर्दै आइपुग्छन् । दलालले भारततर्फ गएर दैनिक हजारौ भारतीय रुपिया ल्याएर पर्यटक तथा ग्राहकसाग कमिसन लिएर साट्छन् । व्यापारीले ग्राहकलाई भारतीय रुपैयाामै सामानको मूल्य बताउने गरेकाले यहाा आउनेलाई भारतीय रुपैयाा अनिवार्य जस्तै भएको अध्यक्ष राईले बताए ।
बैंकले भारु सटही नगर्ने र स्थानीय व्यापारीसाग पैसा साट्दा कमिसन दिनुपर्ने भएकाले सर्वसाधारण ठगीमा पर्ने गरेको इलाम विव्ल्यााटेका अनिश सुव्वाले बताउछन् ।
पशुपतिनगरमा सटही काउन्टर नभएकै कारण दलाल र व्यापारीबाट ठगिनु परेको गुनासो बारम्बार आउने गरेपनि सरकारी स्तरबाटै पहल नभए सटही काउन्टर स्थापना गर्न नसकिने राष्ट्रिय वाणिज्य बैंक फिक्कलका प्रबन्धक नरराज आचार्यले बताए ।

प्रतिक्रिया