“संगीतविना बाँच्न सक्दिनँ”

तपाईंको बुझाइमा संगीत के हो ? 
संगीत जीवन हो । यसविना बाँच्नै सक्दिनँ ।
सांगीतिक क्षेत्रमा लाग्नुको कारण ?
पहिला छुट्टै परिचय बनाऊँ भनेर लागेँ । अहिले पेसा र व्यवसाय भएको छ ।
तपार्इंले पहिलोचोटि सुनेको गीत ?
गायक दीप श्रेष्ठको ‘म पत्थरको देवता होइन.. ।’ निकै राम्रँे भएकाले यो गीतका हरफ अझै मलाई याद छन् ।
तपाईंको जीवनसित मेल खाने गीत ?
आºनै गीत ‘जन्मिँदा नि एक्लै मर्दा नि एक्लै’ । कर्णदासले गाउनुभएको यो गीतमार्फत म पनि सांगीतिक क्षेत्रमा चिनिएँ ।
तपाईंलाई सबैभन्दा मन पर्ने गीत ?
गायक, संगीतकार र गीतकार गोपाल योञ्जनको देशले रगत मागे… ।
अहिलेसम्म कति गीत रचना गर्नुभयो ?
चार सयभन्दा बढी गीत रेकर्ड भइसके । रेकर्ड हुन बाँकी एक हजारजति गीत होलान् ।
तपाईंका मनपर्ने गीतकार, संगीतकार र गायक ?
गोपाल योञ्जन ।
तपाईंलाई मन नपरेको कुनै हिट गीत छ कि ?
स्वरसम्राट नारायण गोपालका कुनै–कुनै गीत मन पर्दैनन् । व्यक्तिगत विचारमा भन्नुपर्दा स्वरसम्राटलाई नेपाली सांगीतिक क्षेत्रमा चिनाउने ‘एउटा मान्छेको मायाले कति’ बोलको गीत वास्तवमा मलाई मनै पर्दैन ।
आफ्नै रचनामध्येबाट चित्त बुझेका र नबुझेका गीत छान्नुपर्दा ?
‘जन्मिदा नि एक्लै मर्दा नि एक्लै’ चित्त बुझेको गीत हो । चित्त नबुझेकोचाहिँ ‘म मरेको छैन अझै’ बोलको गीत हो । यसलाई अझै परिष्कृत गर्न सकिन्थ्यो कि भन्ने लागिरहन्छ ।
तपाईंलाई मन परेको संगीत ?
गोपाल योञ्जनकै संगीत रहेको ‘जीवनदेखि धेरै–धेरै नै थाकेर’ गीतको संगीत ।
म्युजिक भिडियो नि ?
मनिला सोताङको स्वरमा आलोक नेम्वाङले निर्देशन गरेको ‘भिज्यो सिरानी’ गीतको भिडियो ।
सांगीतिक क्षेत्रमा कोजस्तो बन्न चाहनुहुन्छ ?
आफैँजस्तो नि † म कसैसँगको प्रतिस्पर्धा र होडमा छैन ।
सांगीतिक क्षेत्रबाट तपाईंलाई अलग्याइयो भने ?
त्यो मेरा लागि जीवनकै अन्तिम दिन हुनेछ । अर्थात् मेरो मृत्यु हुनेछ । कल्पना पनि गर्न सक्दिनँ ।

प्रस्तुति : विशाल राई

प्रतिक्रिया