कालिङपोङमा फिल्म सिटी

काठमाडौं : नेपाली चलचित्रको दोस्रो ठूलो मार्केट रहेको दार्जिलिङको कालिङपोङमा फिल्मसिटी निर्माण हुने भएको छ । बलिउडका साथै नेपाली फिल्मकर्मीलाई प्राथमिकतामा राखेर करिब नौ करोड एकड जमिनमा फिल्मसिटी निर्माण गर्ने तयारी दार्जिलिङ प्रशासनले गरेको हो ।
गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जिटिए) को सूचना तथा सञ्चार एवं संस्कृति विभाग प्रमुख विनय तामाङले नेपालबाट गएको चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसहितको टोलीसँग अन्तरक्रिया गर्दै यसबारे जानकारी गराएका हुन् । उनका अनुसार आगामी फेबु्रअरीदेखि फिल्म सिटीको भौतिक संरचना निर्माण औपचारिक रूपमा सुरु हुनेछ । अन्तरक्रियामा आफूले दार्जिलिङ प्रशासनको सो योजनाको सराहना गर्दै सर्वप्रथम त्यहाँ नेपाली फिल्म प्रदर्शनको वातावरण मिलाउन आग्रह गरेको बताए । विभागप्रमुख तामाङले नेपाली फिल्मको प्रदर्शनलाई व्यवस्थित गर्न दार्जिलिङका फिल्ममेकरसँग मिलेर चलचित्र निर्माण गर्नु उचित हुने धारणा राखे । (सौस)

प्रतिक्रिया