झुक्यायो एनटिसी बोनसले

नेपाल टेलिकमले मंगलबार आफ्ना मोबाइल उपभोक्तालाई दसैँतिहार बोनस सेवा उपलब्ध गराएको थियो । तर, त्यस बारेमा सुरुमा धेरै उपभोक्ता अनभिज्ञ रहे । बोनस पाएको थाहा नपाउँदा कतिपय उपभोक्ता आफ्नो मोबाइलबाट फ्रिमा फोन गइरहेको ठान्दै खुसी मनाइरहेका थिए । अनि बढीभन्दा बढी फोन गर्नतिर लागे । कसैकसैले धेरै पछि मात्र आफूले बोनस स्वरूप पाएको ब्यालेन्स सकेको चाल पाए । यसै विषयलाई लिएर थुप्रै प्रयोगकर्ताले फेसबुकमा विभिन्न स्ट्याटस लेखेका छन् । तीमध्ये केही यहाँ प्रस्तुत गरिएका छन् :
लुइँटेल दिनेश : पुराना साथीको सम्झनामा आज किन परियो भन्दै बिहान एक छिन टाउको दुख्यो । एनटीसीको बोनस सन्देश आएपछि त टाउको दुखेको सफाचट…†

हरि गजुरेल : झेलिकम बोनस होइन नेटवर्क दे ।

सविना घिसिङ : आज त अचम्मै भयो है… बिहान देखि एनटिसी टु एनटिसी ब्यालेन्स नै काट्दैन भनेको । तपाईंहरू पनि गरि हाल्नुस है मौकामा चौका त हान्नु पर्यो नि । हिहिहि…

रामजी बलामी : दिनरातभर मस्किने युवायुवतीलाई एनटीसीले गुन लगायो , जति धेरै कल उति धेरै बोनस भएपछि उनीहरूले भन्दा बढी बोनस कसले पाए होला र ? अब हेरौँ प्रचारबाजी एनसेलले के गर्छ ?

संघर्ष पन्त : बाउ, मलाई त एनटिसीले २४.६५ रुपियाँ बोनस दियो । ह्याप्पी । थ्यांक्स ।

रामप्रकाश उपाध्याय : ओ मित्र † मेरो मोबाइलमा त सुको पनि आएन त । यसको बारेमा पनि केही लेख्नुपर्‍यो ।

विभास दाहाल : नेपाल टेलिकमले बोनस दिएको छ ब्यालेन्समा । बोनसको सदुपयोग गरौँ ।

शम्भु रेग्मी : नेपाल टेलिकमको पक्षपाती निर्णय : आज नेपाल टेलिकमले प्रिपेड ग्राहकलाई बोनस पठाउने र पोस्टपेड ग्राहकलाई बेवास्ता गरेकोप्रति हामी पोस्टपेड युजरहरू साह्रै अन्यायमा परेका छौँ, यो पनि अभिव्यक्ति स्वतन्त्रताप्रतिको खिल्ली उडाइ त होइन ?

प्रतिक्रिया