पेस्तोलसहित युवक पक्राउ

कैलाली, ६ मंसिर । कञ्चनपुर प्रहरीले मंगलबार महेन्द्रनगर बजारबाट एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरीले दैजी–८ का २२ वर्षीय केदार विष्टलाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

पेस्तोलसँगै विष्टले प्रयोग गरेको चोरीको मोटरसाइकलसमेत बरामद गरेको डिएसपी बिर्खबहादुर रावलले बताए । रावलका अनुसार पेस्तोलसहित पक्राउ परेका विष्ट पछिल्लो समय जिल्लामा भएका चोरी तथा डकैतीका घटनामा संलग्न व्यक्ति हुन् ।
प्रहरीले लामो समयदेखि विष्टको खोजी गरिरहेको थियो । दसैँअघि कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष जंगबहादुर मल्लमाथि भएको आक्रमण र लुटपाटको घटनामा पनि विष्टको संलग्नता रहेको रावलले बताए । पक्राउ परेका विष्ट ग्रामीण भेगमा पेस्तोल देखाएर लुटपाट गर्न सक्रिय रहेको प्रहरीको भनाइ छ । (सौस)

प्रतिक्रिया