रुकुममा गीता ओलीको हत्या

दाङ, ५ मंसिर । रुकुम जिल्लाको झुल्नेटा बजारमा नरेन्द्र ओलीले आफ्नी पत्नीको हत्या गरेका छन् ।
सल्यान बाँफूखोला–६ स्थायी घर भएका नरेन्द्रले २८ वर्षीय पत्नी गीता ओलीको हत्या गरेका हुन् । पति र पत्नीबीच भएको विवाद पछि नरेन्द्रले गीताको हत्या गरेको रुकुम प्रहरीले जनाएको छ ।
ओली दम्पत्ती रुकुमको खारा–२, झुल्नेटा बजारमा इलेक्ट्रोनिक्स पसल गर्दै आएका थिए । उनीहरुका बीच पटक पटक विवाद हुने गरेको छिमेकीहरुको भनाई छ । पत्नी हत्या गर्ने नरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया