राष्ट्रपति र अध्यक्ष दाहालबीच भेटबार्ता

काठमाडौं, ५ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्दै आएका राष्ट्रपति डा.रामवरण यादवले पुनः एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको छलफलमा सरकारको बजेट र राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल भएको हो । छलफलमा सहमतिमै मुलुकलाई निकास दिनुपर्ने विषयमा डा.यादवले अध्यक्ष दाहालको ध्यानाकर्षण गराए ।
कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग सोमबार राति परामर्श गरेका दाहालले त्यसलगत्तै आज राष्ट्रपति डा.यादवसँग भेटबार्ता गरेका हुन् ।
दलहरुले आ–आफ्नै अडान दोहराउँदै सरकारको वहिर्गमन माग गरे पछि सहमति हुन सकेको छैन ।

प्रतिक्रिया