सूर्यलाई अर्घ दिई छठको विदाई

काठमाडौं, ५ मंसिर । उदाउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्वलाई विदाई गरिएको छ ।
छठको अन्तिम दिन नदी, तलाउलगायतका जलाशयमा विहानै उदाउँदो सूर्यलाई अर्घ दिएर विदाई गरिएको हो । छठको उपासना र आरधना गर्नाले चर्मरोगबाट छुटकारा पाउनुका साथै परिवारमा सुख, समृद्दि आउँने विश्वास गरिन्छ ।
चार दिनसम्म हर्सोल्लासका साथ मनाईएको छठ पर्वको अन्तिम दिन व्रतालुहरुले विहानै उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
विशेष गरेर तराईमा मनाईने छठ पर्व राजधानीमा पनि हर्सोल्लासका साथ मनाईएको छ ।

प्रतिक्रिया