गत शनिबार निधन भएका भारतीय शिवसेना पार्टीका अध्यक्ष बाल ठाकरेको शवयात्रामा सहभागी भएर फर्किएपछि बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो फेसबुकको फ्यानपेजमा स्ट्याटस लेखे । उनको स्ट्याटसमा अहिले सम्म ४० हजारभन्दा बढीले लाइक गरेका छन् भने ३ हजारभन्दा बढीले कमेन्ट गरेका छन् । तीमध्ये छानिएका केही कमेन्ट यहा राखिएको छ ।
अमिताभको स्ट्याटस
बालसाहेवको शवयात्रासँगै सडकमा २० लाख मलामी थिए । कसैलाई कसैले पहिले देखेका थिएनन् । उपस्थितिका लागि कसैको आदेश थिएन, न त दबाब । यो त आत्मिक स्नेह अनि सम्मानको प्रदर्शन मात्रै थियो । कुनै असभ्यता होइन, शान्ति र गरिमा थियो । अन्तिम संस्कारका बेला शिवाजी पार्कमा ‘पिन ड्रप साइलेन्स’ थियो । अविश्वसनीय † शवयात्रामा प्रहरीले गरेको समुचित व्यवस्थापन र बन्दोबस्तका लागि सबलाई सलाम । अन्तिम संस्कारबाट फर्किंदा बालसाहेवलाई ‘स्वर्गीय’ भनेर सम्बोधन गरिएको एक पोस्टर देख्दा भावुक भएँ, जुन शब्द उहाँको नामअगाडि कहिल्यै पढुँला भनेर अपेक्षा नै गरेको थिइनँ ।
प्रतिक्रियाहरू
अन्नपूर्ण श्रीनिभासान : द्वन्द्वपछि शान्ति । एक प्रेरणादायी नेतृत्वको अन्त्य, वास्तवमै ठूलो विस्मय ।
रवि राज : हामी जो पछाडि छौँ, त्यही स्वर्ग हो, महान् वाणी स्वर्गीय बाल साहेव
अमित ठाकुर : मराठको कथाको अन्त्य, तर हामी आत्मामा सधँै राखिरहन्छौँ ।
मानस विकल्प : क्षेत्रीय राजनीति गर्नेको अन्त्य भएर राम्रो भयो । तिमी नरकमा जाऊ बालसाहेव ठाकरे ।
आक्रोश कुमार : बाल साहेव ठाकुरे हिन्दू स्वाभिमान र उग्र राष्ट्रवादको प्रतीक बनेका थिए । हिन्दूको उनीसँग धेरै आशा थियो । उनको असामयिक निधन दुर्भाग्यपूर्ण हो । यस्तो अवस्थामा उद्धव ठाकरे र राज ठाकरेले आ–आºनो मनोमानी भूलेर बालसाहेवले स्थापना गरेका शिवसेनाको देशव्यापी सशक्त संगठन बनाउन दत्तचित्त हुन आवश्यक छ । किनकि, मराठा अस्मिता र मराठा स्वाभिमानका अस्मिताविना हिन्दू अस्तित्व बच्दैन । महाराष्ट्रको सीमित क्षेत्रको प्रभुत्व मोह त्यागेर ठाकरे बन्धुहरूले सम्पूर्ण भारत र हिन्दू समाजको नेतृत्व गर्न जरुरी छ ।
मर्जवन साड्री : टाइगर म तपाईंलाई स्यालुट गर्छु ।
पवन कुमार विस्नोही : भगवान् उनको आत्मालाई शान्ति देऊ ताकि अर्को जन्ममा उनी असल मानव भएर कर्म गर्न सकून् । यस जन्ममा त गधा र सँुगुरजस्तो काम गर्यौ ।
आसफाक्यु अहमेद : अमिताभ बच्चन, तेन्दुलकरजस्ता सेलीब्रेटीले यस्ता व्यक्तिको समर्थन गर्नु दुर्भाग्य हो ।
विवेक दीक्षित : हामीले एक अविश्वसनीय र अतुलनीय व्यक्तित्वलाई गुमायौँ ।
बाबु पाठक : हामी मात्रै उनलाई स्यालुट गर्न सक्छौँ ।
अनुपम घोस : जहिलेसम्म सूर्य र चन्द्रमा रहन्छन्, बालसाहेवको नाम रहन्छ ।
आर्ती निम्कर महजन : यो सत्य हो कि महाराष्ट्रका हरेकलाई व्यक्तिगत घाटा भएको छ । यस्तो महसुस भइरहेको छ, केही महत्त्वपूर्ण चिज जीवनबाट गुम्यो ।
जितेन्द्र शाह : बालसाहेवले हिन्दूवादलाई ब्यँुताए अनि हामीलाई यसबारे पढाए ।
भिक्सिवानी जैसवाल : एउटा व्यक्ति जसले आफूलाई कसरी सही हिरो बनाउन सकिन्छ, प्रमाणित गरे । मेरो श्रद्धाञ्जली बाबासाहेव ।
प्रिया सिंह : सिंह सुतेपछि जंगल शान्त हुन्छ ।
मोहन ठाकुर : महाराष्ट्रका महान् व्यक्तिलाई म स्यालुट गर्छु,जसले लाखौँको माया अनि सम्मान पाए ।
सिद्धिक्यु हसन : बाल एक तानाशाह र भारतमा विन लादेनका अर्को रूप थिए, उनले मुम्बईका व्यक्तिहरूबीच पनि यो उँचो र नीच भनेर झुकाए ….शान्ति र खुसी ।
प्रशान्त द्विवेदी : यसरी वाहवाह र अन्तिम सलामीका लागि उनी लायक छैनन्, किनकि उनी र उनका पार्टीका व्यक्तिले गरिब तथा कमजोर व्यक्तिलाई कुटेका छन्, मारेका छन् । कलियुगमा यही हुन्छ ।
सारभ रान्धावा : धार्मिक एकता तोड्नेलाई कसले असली हिरोको उपमा दियो ? ओ निरक्षर जनता †
प्रतिक्रिया