जलाशयमा अस्ताउँदो सूर्य देवलाई अर्घ

काठमाडौं, ४ मंसिर । तराईका जिल्लामा विशेष महत्वका साथ मनाइने छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाईएको छ ।
चार दिन सम्म मनाईने छठ पर्वमा ब्रत बस्ने र सूर्यको उपासना गर्ने आज मूख्य दिन हो । अस्ताउँदै गरेको सूर्य र षष्टी देवीलाई अर्घ दिईएको छ ।
भोलि विहान उदाउँदै गरेको सूर्य र षष्टी देवीलाई ठेकुवा, घोसुवा, केरा र नरिवलको प्रसादसहित अर्घ अर्पण गरी छठ समापन हुने परम्परा छ । कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यो पर्व मिथिलाञ्चलमा विशेष रुपले मनाईन्छ ।
राजधानीका रानीपोखरी र बाग्मती किनारमा छठ मनाउनेहरुका लागि विशेष व्यवस्था गरिएको छ ।
जनकपुरका गंगासागर, धनुषसागर, रत्नसागर, गोरधोइ पोखरी, अग्रजा पोखरीमा श्रद्धालु भक्तजनको घुईंचो लागेको छ ।
बीरगञ्जको घडीअर्वा पोखरी, नगवा पोखरी, छप्कैया पोखरी, चिपरा पोखरी, रानीघाट खोला तथा बीरगञ्ज वरिपरिका जलाशयमा पनि श्रद्धालु भक्तजनको भीड लागेको छ ।
यस पर्वमा भक्तिआरधना गर्नाले सन्तान प्राप्ति, चर्म रोग निको हुने र हरेक प्रकारको दुःखकलेशबाट मुक्त भई परिवारमा सुख शान्ति हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया