नेपालीबीच सद्भाव कायम गर्न आह्वान

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले सदियौंदेखि प्रेमपूर्वक मनाउँदै आईएको छठ पर्वले सबैलाई शान्ति, सुख, एवम् समृद्धि प्रदान गर्नुका साथै नेपालीबीच सामाजिक सद्भाव बनाउने कामना गरेका छन् ।
छठका अवसरमा आज सन्देश दिँदै भट्टराईले पारिवारिक जमघट र सामाजिक हार्दिकता बोकेको छठले सम्पूर्ण नेपालीको खुसी र हर्षलाई प्रकट गरिरहेको बताए ।
उनले समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा छठको शुभकामना व्यक्त पनि गरे ।

प्रतिक्रिया