“माया नपाए पनि खुसी छु”

एजेन्सी : हलिउडका बहादुर गायिकामध्ये पर्छिन् चेरिल कोल । किनकि उनी आफ्ना दु:खद घटनाहरूलाई सहजै भुल्न सक्ने साहस राख्छिन् । हालै उनले एक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा आफूले अहिलेसम्म कसैको माया नपाए पनि आफू खुसी रहेको बताइन् । ‘माया पाउने मामिलामा म अनलकी छु’, उनले भनिन्– ‘तर म स्ट्रङ छु, त्यसैले खुसी हुन सकेकी छु ।’
त्यसो त अहिले उनी डान्सर ट्री होलोवेसँग डेटिङ गरिरहेकी छन् । यसअघि एक फुटबलरसँगको चार वर्ष लामो वैवाहिक सम्बन्ध डिभार्ससम्म पुगेको थियो ।
अभिनेत्री, डान्सर तथा मोडलका रूपमा पनि काम गरेकी चेरील हलिउडको रियालटी टिभी सो पप स्टारस् द राइवल्सको अडिसनमा भाग लिएसँगै पहिलोचोटि चर्चामा आएकी थिइन् । त्यसलगत्तै उनलाई लन्डनको पप ब्यान्ड अलाउडमा स्थान मिल्यो । यो ब्यान्ड २००५ देखि ०१० सम्म लगातार ब्रिटिस फोटोग्राफिक इन्डस्ट्री अवार्डका लागि नोमिनेसनमा परेको छ ।

प्रतिक्रिया