पोखरा, १ मंसिर । पोखराको विन्ध्यावासिनीनजिक एक पुरुषले आफ्नी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
मानसिक सन्तुलन ठीक नभएका रुद्रप्रसाद तिमिल्सिनाले ३५ वर्षीया श्रीमती मुना तिमिल्सिनालाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुका ७ र १७ वर्षका दुई छोरा छन् । प्रहरीले रुद्रलाई आवश्यक कारबाहीका लागि पक्राउ गरेको छ ।
प्रतिक्रिया