सहमतिबिना आउने बजेट मान्दैनौ

विराटनगर, २५ कात्तिक । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमति विपरीत वर्तमान सरकारले ल्याउने बजेट विपक्षी दलहरुले अस्वीकार गर्ने बताएकी छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकारले ल्याउने बजेट विवादरहित हुन नसक्ने दाबी गरिन । उनले राष्ट्रपतिले पनि सहमतिमा बजेट ल्याउन जोड दिएकाले सरकारले एकलौटी ढङ्गले बजेट ल्याए ठूलो दुर्घटना हुने चेतावनी दिईन ।
‘यहि अवस्था रहे संविधान सभाको निर्वाचन हुन सक्दैन,’ उनले भनिन्, ‘नयाँ संविधान पनि बन्दैन ।’

प्रतिक्रिया