अपराधी छुटाउन नाका बन्द

विराटनगर, २५ कात्तिक । सीमावर्ती भारतीय बजार जोगवनीका स्थानीयले आपराधिक गतिविधिमा संलग्न दुई व्यक्तिलाई छुटाउन माग गरेर सीमाना बन्द गराएका छन् ।
अपहरणको आरोपमा प्रहरीले जाकिर हुस्सेन र भोलाशंकर तिवारीलाई पक्राउ गरे पछि भारतीय नागरिकले विरोध आज सीमा बन्द गराएका हुन् ।
आपराधिक गतिविधिमा संलग्न उनीहरुको रिहाई माग गरेर जोगवनीका उद्योगी, व्यापारी तथा स्थानीय बासिन्दाले सीमा नाका बन्द गराए पछि जनजीवन प्रभावित भएको छ ।
बन्दको कारण विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ भने नेपाल–भारत आवागमन गर्ने बस, ट्रक र जीप सीमामा अलपत्र परेका छन् ।
हुस्सेन र तिवारीलाई प्रहरीले विराटनगरका उद्योगी तुलसीराम अग्रवालको अपहरण काण्डका प्रमुख नाइके भएको आरोपमा पक्राउ गरेको जनाएको छ । उनीहरुले २०५८ माघ १३ गते विराटनगरको रोडशेष चौक नजिकैबाट अग्रवालको अपहरण गरेका थिए ।

प्रतिक्रिया