हुपिनचुलाई उपाधि

काठमाडौं, २४ कात्तिक । रामेछाप जिल्ला भुजी गाविसमा भएको प्रथम भुजिलिग रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि हुपिनचुली युवालयलय ‘सी’, भुजीले जितेको छ । बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा हुपिनचुलीले चण्डेश्वरी युवा क्लब, प्रितीलाई १–० गोल अन्तरले पराजित गरी उपाधि कब्जा गर्‍यो ।
त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा जनजागरण युवा क्लब, दुरागाउँले लिखुभुजी युवा क्लब ‘ए’ लाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्‍यो । निर्धानित तथा अतिरिक्त समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरसम्म पुगेको थियो । विजेता हुपिनचुली क्लबले ५० हजार, उपविजेता चण्डेश्वरी युवा क्लबले २५ हजार र तृतीय जनजागरण युवा क्लब, दुरागाउँले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता धीरज श्रेष्ठ, उत्कृष्ट खेलाडी विकास राई र उत्कृष्ट गोलकिपर कृष्ण चौधरी चुनिए । विजेता टोली र उत्कृष्ट खेलाडीलाई समाजसेवी अमृतबहादुर सुनुवारले पुरस्कार तथा नगद वितरण गरेका थिए । हुपिनचुली युवालयको आयोजनामा सञ्चालित प्रतियोगितामा १९ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया