साल्ट ट्रेडिङमा चाप बढ्दो

चितवन : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, चितवनको सुपथ मूल्य पसलमा सर्वसाधारणको चाप बढेको छ । सोही कारण कर्पोरेसनले बिक्री काउन्टर थप गरेको छ ।

दसैँै–तिहार र छठ पर्वका लागि भन्दै सञ्चालन गरिएको सुपथ मूल्य पसलमा सर्वसाधारणको चाप बढेकाले बिक्री काउन्टर थप गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । सर्वसाधारणलाई सामान लिन लामो समयसम्म लाइनमा कुर्न नपरोस् र सहज तवरबाट सेवा प्रदान गर्न सकियोस् भन्नका लागि दुईवटा काउन्टरबाट बिक्री वितरण सुरु गरिएको उनले बताए ।
साल्ट ट्रेडिङमा सर्वसाधारणले अन्य ठाउँमा भन्दा सस्तो मूल्यमा उपभोग्य वस्तु पाउँछन् । हाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनमा दैनिक तीन लाखभन्दा बढीको आर्थिक कारोबार भइरहेको छ । कर्पोरेसनमा चिनी, नुन, मैदा, सुजी र आँटा सुपथ मूल्यमा पाउने भएकाले दिनभरजसो खरिदका लागि सर्वसाधारणको चाप बढेको कर्मचारी हरि पौडेलले बताए । पौडेलका अनुसार सर्वसाधारणले चिनीको माग बढी गर्ने गरेका छन् ।

प्रतिक्रिया