दमासकसमा आक्रमण जारी

बेरुत : सिरियाको राजधानी दमासकसका जिल्लाहरूमा सैनिक र विद्रोहीबीच झडप, गोलीप्रहार र बम आक्रमण जारी रहेको समाचार छ ।
सिरियाको दक्षिण भागमा पर्ने कादाम क्षेत्रको छिमेकमा रहेको इलाकामा मंगलबार राति भएको कार बम विस्फोटबाट कम्तीमा एकजनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । त्यसैगरी, माज्जेह जिल्लामा भएको आक्रमणबाट तीन सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । मंगलबारै दमासकसको उपनगर पश्चिम क्युद्साया क्षेत्रमा तीनवटा विस्फोटक पदार्थद्वारा गरिएको आक्रमणमा १९ व्यक्तिको मृत्यु हुनुका साथै ५० भन्दा बढी व्यक्ति घाइते भएको अब्जरभेटरीले जनाएको छ । एजेन्सी)

प्रतिक्रिया