राजविराज, २२ कात्तिक । एक साताअघि सप्तरीको पातो बेस क्याम्पबाट हराएको प्रहरी विशेष कार्यदल (एसटिएफ) को हतियार सोमबार बिहान फेलापरेको छ । प्रहरीको लामो खोजतलासपछि कविलास–७ स्थित एक स्थानीयको परालको कुन्युमा ७ राउन्ड गोलीसहित हतियार फेलापरेको हो ।
बालकका माध्यमबाट हतियार परालमा लुकाएर राखेको जानकारी आएपछि सशस्त्र प्रहरीले हतियार बरामद गरेको एसपी बेचन यादवले जानकारी दिए । यादवले दिएको जानकारी अनुसार हतियार लिएर फरार भएका व्यक्तिको पहिचान हुन सकेको छैन । हतियार कसको परालको कुन्युमा फेलापरेको हो भन्ने विषयमा समेत एसपी यादवले खुलाउन चाहेनन् । हतियार हराएको समाचार पत्रपत्रिकामा आएको विषय आफूलाई चित्त नबुझेको बताउँदै आएका एसपी यादवले हतियार फेलापरेपछि हतियार बुझाउने व्यक्ति महान भएको बताए । ‘गलत मानसिकता नभएकै कारण उसले हतियार फिर्ता गर्यो,’ यादवले भने, ‘तपाईं नै भन्नोस्, अब के गर्ने ?’ प्रहरीले पातोवरपरका सबै मानिसलाई भेला गरेर पुरस्कार दिनेदेखि कारबाहीसम्मका कुरा गरेका कारण हतियार फिर्ता भएको एसपी यादवको भनाइ छ ।
यता हतियार हराएको र गैरजिम्मेवारी देखाएको आरोपमा प्रहरी विशेष कार्यदल (एसटिएफ) प्रहरीका पूर्वाञ्चल डिआइजी देवेन्द्र सुब्बाको आदेशअनुसार तत्कालीन पातो बेस क्याम्पका इन्स्पेक्टर मनोज चन्द र हवल्दार ज्ञानु साउदलाई प्रहरी विशेष कार्यदल (एसटिएफ) प्रहरीले नियन्त्रणमा राखेको छ । उनीहरूलाई सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझियामा राखिएको जनाइएको छ । इन्स्पेक्टर चन्द प्रहरी विशेष कार्यदल (एसटिएफ) प्रहरी बल दन्तकाली गणअन्तर्गत रहेर सीमा सुरक्षा कार्यालय राजविराजको कमान्डमा पातोमा खटिएका थिए ।
दसैँका बेला पातो बजारस्थित डाकनेश्वरी भगवती मन्दिरमा आयोजित थिएटरमा सहायक हवल्दार साउदले बोकेको इन्स्पेक्टर चन्दको ‘नाइन एमएम ब्रान्डिङ इटालियन पेस्तोल’ हराएपछि प्रहरी विशेष कार्यदल (एसटिएफ) प्रहरीमा खैलाबैला मच्चिएको थियो ।
प्रतिक्रिया