टिसर्ट बेचेर “आमाघर”लाई ३ लाख

काठमाडौं : अमेरिकाको ओक्लोहोमास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी सम्झना कुवरले टिसर्ट बेचेर अनाथलाई सहयोग रकम जुटाएकी छन् ।
कुवरले टिसर्ट बेचेर जम्मा भएको ३ लाख १६ हजार आठ सय १० रुपियाँ आइतबार रविभवनस्थित ‘आमाघर’ अनाथालयमा पुगेर प्रदान गरिन् । उनले आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठलाई चेक हस्तान्तरण गरेकी थिइन् । सात वर्षअघि अमेरिका पुगेकी कपिलवस्तुको कृष्णनगर–४ की कुावर र श्रेष्ठबीच अमेरिकामै भेट भएपछि उनले ‘आमाघर’ नामकै टिसर्ट छपाएर सहयोगका लागि बिक्री गरेकी थिइन् । १८ वर्षदेखि सञ्चालित आमाघरमा असहाय वृद्धावृद्धा र बालबालिका गरी एक सय सातजना आश्रित छन् । (सौस)

प्रतिक्रिया