सशस्त्रको कुटाइबाट चार घाइते

कलैया : जंगलबाट दाउरा ल्याएर वन मासेको आरोपमा बारामा सशस्त्र प्रहरीले सर्वसाधरणमाथि निर्घात कुटपिट गरेको छ । उतरझिटकैया सशस्त्र क्याम्पबाट प्रहरी निरीक्षक जगदीश चौधरीको नेतृत्वमा प्रहरीले कुटपिट गर्दा चार सर्वसाधरण घाइते भएका हुन् ।
कुटाइबाट मनहर्वा– २ का ५० वर्षीय नन्दु यादव, ४५ वर्षीय जगदीश महतो, मनहर्वा– ५ का ४० वर्षीय भन्टु राम र मनहर्वा– ४ का ३५ वर्षीय रम्भु थारू घाइते भएका हुन् । नन्दुको खुट्टा र हातमा काटिएको छ । अरूको हात, खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको छ । उनीहरूको स्थानीयस्तरमा उपचार भएको छ । घाइते उनीहरू जंगलबाट दाउरा ल्याएर बेच्ने पेसेवर हुन् । प्रहरीको ज्यादतिको विरोधमा स्थानीयले सखुईमा दिनभर सडक अवरोध गरे ।
यातायात अवरुद्धले पचासौँ यात्रु अलपत्र थिए । जंगलबाट दाउरा ल्याउँदा बाटामा भेटेका प्रहरीले साइकल तोडफोड गर्दै मरनासन हुनेगरी कुटपिट गरेको घाइते नन्दु यादवले बताए । यता प्रहरी निरीक्षक जगदीश चौधरीले वन फँडानी रोक्ने क्रममा उनीहरूलाई तर्साउन खोज्दा उल्टै आफूहरूमाथि दुव्र्यवहार गर्न थालेपछि समान्य बल प्रयोग गरिएको बताए । (सौस)

प्रतिक्रिया