क्षतिपूर्तिको माग गर्दै डडेलधुरामा चक्काजाम

कैलाली, १९ कात्तिक । चिकित्सकको लापरवाहीले अत्यधिक रक्तश्राव पछि विष्णादेवी धामीको मृत्यु भएको आरोपमा आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेर डडेलधुरामा सवारी आवागमनमा अवरोध पुराएका छन् ।
धामीका आफन्तले डेलधुरामा सवारी आवागमनमा अवरोध पुराए पछि सर्वसाधारण यात्रु प्रभावित भएका छन् । डाक्टर केआईसिंह राजमार्ग अन्तर्गत बानडूगे्रसेनमा उनीहरुले नाराबाजी गरेर अवरोध पुराएका हुन् । अवरोध पछि अछाम, डोटी, बाजुरा, बझाङ जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका सवारी साधन र यात्रु बिच बाटोमै अलपत्र परेका छन् ।
शनिबार बिहान डडेलधुरास्थित टिम अस्पतालमा प्रसुतीका क्रममा बन्लेक–५, थपसा घर भएकी २३ वर्षीया धामीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको आफन्तको दाबी छ । उनको उपचारमा हेलचेक्राई हुँदा मृत्यु भएको आफन्तले आरोप लगाए ।
मृत्तक धामीका नवजात शिशु जीवितै छन् । नवजात शिशुलाई टिम अस्पतालमै राखेर उनको भरणपोषण, शिक्षाल दिनु पर्ने आफन्तको माग छ ।

प्रतिक्रिया