प्रधानको ‘अतीतको सम्झना’

काठमाडौं : इलामका ८१ वर्षे कवि चन्द्रबहादुर प्रधानद्वारा रचित ‘अतीतको सम्झना’ कविता संग्रह हालै काठमाडौंमा लोकार्पण भयो । वरिष्ठ साहित्यकार, चलचित्र निर्देशक एवं गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रसिद्ध सांगीतिक समूह कुटुम्बले सांगीतिक प्रस्तुतिसमेत गरेको थियो । मोफसलमा रहेका स्रष्टाहरूका कृति प्रकाशन गर्दै आएको पनौती साहित्य समाजद्वारा प्रकाशित उक्त कवितासंग्रह साहित्य समाजको चौधौँ प्रकाशित कृति हो । साहित्यकारहरू मोहन दुवाल, वियोगी बुढाथोकी, सूर्यप्रसाद लाकोजूले प्रकाशित कृतिबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए । (सौस)

प्रतिक्रिया