एमाओवादी राज्यकोष दुरुपयोग मस्त

गुल्मी, १८ कात्तिक । एमालेका केन्द्रीय सदस्य गोकर्ण बिष्टले एकीकृत माओवादीका कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाएका छन् ।
गृह जिल्ला गुल्मीमा आज आयोजित कार्यक्रममा उनले भने, ‘एमाओवादीका कारण नयाँ निर्वाचन र संबिधान नै अस्थव्यस्त भएको छ ।’
एमाओवादीले राज्यकोष दुरुपयोग गरेर आफ्ना कार्यकर्ता पोस्ने कार्य मात्रै गरेको उनको आरोप छ । ‘एमाओवादीले पूर्व लडाकुका नाममा अर्वौ रकम रित्ताएको छ,’ उनले भने, ‘अयोग्य लडाकुलाई रकम दिनु हुँदैन ।’

प्रतिक्रिया