नेतृत्व कसैलाई पनि हस्तान्तरण हुँदैन

काभ्रे, १८ कात्तिक । एमाओवादीका संगठन विभाग प्रमुख कृृष्णबहादुर महराले केही दिनका लागि संविधानसभा पुनःस्थापना गर्ने सहमति भए कांग्रेस नेतृत्वमा सरकार बनाउन सकिन बताएका छन् ।
धुलिखेलमा आज आयोजित कार्यक्रममा उनले पुनःस्थापनामा सहमति भए विवादित विषयलाई समेटेर नयाँ संविधान जारी गर्न सकिने बताए । ‘संविधानसभा पुनःस्थापना गरेर नयाँ संविधान जारी गर्न सहमति भए चनावी सरकार कांग्रेसले पाउँछ,’ उनले भने, ‘अन्यथा सरकारको नेतृत्व कसैलाई पनि हस्तान्तरण हुँदैन ।’
नेता महराले जारी गतिरोध अबको १० दिनमा अन्त्य हुने विश्वास व्यक्त गरे । उनले संविधान बनाएर चुनावमा जाने वा नजाने भन्ने विषयको टुङ्गो छिट्टै लाग्ने पनि उल्लेख गरे ।
उनले बजेटका कारण मुलुक संकटमा पर्न लागेको भन्दै सरकारले ल्याएको बजेट राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने बाध्यता रहेको दाबी गरे ।

प्रतिक्रिया