पाँचथर, १७ कात्तिक । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावालीले सरकारले अयोग्य लडाकुलाई राज्यकोष दुरुपयोग गरेर पैसा दिन नपाउने बताएका छन् ।
प्रेस चौतारीले आज पाँचथरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘जनताले तिरेको कर एमाओवादीले दुरुपयोग गर्न पाउँदैन ।’ राज्यकोषको रकम कार्यकर्तालाई बाँड्ने अधिकार कसैलाई नरहेको उनको भनाई छ ।
सरकारको वहिर्गमन आवश्यक रहेको बताएका उनले मुलुकलाई निकास दिन सहमतीय सरकार निर्माण गर्नुपर्ने उल्लेख गरे । उनले सरकारले सहमतिका लागि मार्गप्रसस्त नगरे तिहार पछि आन्दोलन चर्काउने चेतावनी दिए ।
उनले अबको सरकार कांग्रेसले नेतृत्व गर्नु उपयुक्त हुने समेत बताए ।
प्रतिक्रिया