समुद्री आँधीको खतरा

अमेरिकाको पूर्वीतटमा समुद्री चक्रवाती आँधी ‘स्यान्डी’ को प्रभाव देखिन थालेको छ । क्यारिबियाली क्षेत्रमा ६० जनाको ज्यान लिनुका साथै भीषण तबाही मच्चाइसकेपछि यो आँधी सयौँ मिलको गतिले अमेरिकाको उत्तर–पूर्वीक्षेत्रतिर बढिरहेको जनाइएको छ । अमेरिका पुगिसकेपछि स्यान्डी निकै शक्तिशाली हुने र यसले ल्याउने विनाश पनि त्यत्तिकै भयावह हुने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । अनेक अमेरिकी राज्यमा संकटकाल घोषणा गरिसकिएको छ भने मेट्रो रेल, बस, हवाई यातायात, स्कुल र स्टक एक्सचेन्ज पनि बन्द गरिएको छ । (तस्बिर : बिबिसी)

प्रतिक्रिया