साम्प्रदायिक हिंसाले २६ हजार विस्थापित

म्यानमार : म्यानमारको राखिने राज्यमा यस साता मुसलमान तथा बौद्ध धर्मावलम्बी समुदायबीच भएको निरन्तर तनाबपछि २६ हजारभन्दा बढी व्यक्ति विस्थापित भएको बताइएको छ । हालसम्म यस हिंसामा ८८ भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको समाचारमा उल्लेख छ । यस हिंसामा ४ हजार ६ सय ६५ घरमा आगजनी भएको पनि जनाइएको थियो र पाउक्तताउ सहरमा मात्र तीन सय घर जलाइएको जनाइएको छ ।
यी दुई धार्मिक समुदायका ४९ पुरुष र ३९ महिलाको ज्यान गएको एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई जनाएका छन् । म्यानमारको राखिने राज्यमा मुसलमान तथा बौद्ध धर्मावलम्बी समुदायबीच तनावपछि गत जुन र हाल भएको हिंसामा १ सय ८० व्यक्तिको ज्यान गएको मानवअधिकारीवादीले जनाएका छन् ।
हालैको संघर्षप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर परिणामको चेतावनी दिएका छन् । यो हिंसाले सोमबार बिहानसम्ममा २६ हजारभन्दा बढीलाई विस्थापित गराएको सरकारी स्रोतले बताएको छ । (एएफपी)

प्रतिक्रिया