बार्सिलोना शीर्षमा यथावत्

बार्सिलोना, १३ कात्तिक । रायो भल्कानोमाथि ५–० को विजयपछि लगातार पाँच अवेजित हात पारेको बार्सिलोना स्पेनिस लिगको अंक तालिकामा शीर्ष स्थानमा यथावत् छ । शनिबार राति भएको खेलमा २०आँै मिनेटमा डेबिड भिल्लाले क्लिन फिनिसिङको नमुना देखाउँदै बार्सिलोनालाई २०औँ मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा लियोनल मेसीले क्लब र देशका लागि समेत गरी व्यक्तिगत ३ सयाँै गोल गरे । जाभीले ला लिगाको व्यक्तिगत ५०औँ गोल गरेलगत्तै सेस्क फाब्रिगासले टोलीको चौथो गोल गरे । खेलको अन्तिम समयमा मेसीले अर्को गोल थपे ।
बार्सिलोनाको सत्रको सुरुआती नौ खेलमा यो आठौँ जित हो । रायो भने १० अंकसहित १३आँै स्थानमा छ । कार्लोस पुयोल, गेरार्ड पिक र जाभिएर मास्करानो नभएको खेलमा सर्जियो बास्क्युटसँगै अन्तिम रक्षकका रूपमा आड्रियानोले खेल्ने मौका पाएका थिए । मिडफिल्डमा भने एलेक्स संगले मौका पाए ।
अस्वाभाविक टोलीसहित मैदानामा उत्रेको बार्सिलोनाले केही गल्ती गरेपछि सुरुमा रायोले अलिकति दबाब भने दिएको थियो । तथापि २०आँै मिनेटमा बायाँ ºलाङ्कटबाट भिल्लाले बल अघि बढाएर टप कर्नरमा प्रहार गर्ने मौका पाएपछि बार्सिलोनाले खेलमा फर्कने अवसर पायो । त्यसपछि लगातार आक्रमण गरेको बार्सिलोनाका भिल्लाले पहिलो हाफमै गोलका केही अवसर गुमाएका थिए । भल्कानोले केही अवसर पाए पनि जाभची फुयगोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक भिक्टर भालडेसले बचाए ।
अर्को खेलमा सेल्टा भिगो र डेपोर्टिभो ला कुरुनाबीचको खेल १–१ गोलको बराबरी भयो आठौँ मिनेटमा सेल्टा भिगोले मारियो बर्मेजोको गोलमा अग्रता लिएको थियो भने २९आँै मिनेटमा डेपोर्टिभोका हुवा डामिङगुएजले गोल गरे । ५१औँ मिनेटमा गुस्ताभो कार्लबालले रातो कार्ड पाएपछि सेल्टा भिगो १० खेलाडीमा सीमित भएको थियो । रियल बेटीसले भ्यालेन्सीयालाई १–० ले पराजित गर्‍यो । रियल बेटिसका लागि साल्भा सेभिल्लाले निर्णयक गोल गरे ।
मिलानको संघर्षपूर्ण जित
आफ्नो २०औँ जन्मदिन मनाइरहेका स्टिफन अल सरारीले दोस्रो हाफमा गरेको गोल मद्दतमा एसी मिलानले इटालियन ‘सेरी ए’ को शनिबार राति भएको खेलमा गेनोआलाई १–० ले पराजित गर्‍यो । जितपछि एसी मिलानले नौ खेलमा १० अंक पुर्‍याएको छ । यसै जितले मिलानका प्रशिक्षक मासीमिलानी अलेग्री माथिको दबाब पनि कम भएको छ । ब्राजिलियन फरवार्ड अलेक्जेन्डर प्याटो आठ महिनामा पहिलोपटक पहिलो रोजाइको टोलीमा रहेका थिए । एसी मिलान शीर्षस्थानमा रहेको युभेन्ट्सभन्दा १२ अंक कम लिएर अंक तालिकाको मध्यभागमा रहेको छ ।
पहिलो हाफमा केही गल्ती गरेको मिलानका लागि ६०आँै मिनेटमा स्टिफनले इग्नाजियो अबेटको पासमा गोल गरे । यो जितअघि लगातार तीन खेलमा पराजित एसी मिलानले सन् १९८६ पछि बिर्सनलायक प्रदर्शन गरिरहेको थियो । शनिबार नै भएको अर्को खेलमा सियना र पार्लेमोबीच गोलरहित बराबरी भयो ।
सिटी दोस्रो स्थानमा उक्लियो
इंग्लिस प्रिमियरसिपको शनिबार राति नै भएको खेलमा म्यानचेस्टर सिटीले स्वान्सालाई १–० ले पराजित गर्‍यो । ६०आँै मिनेटमा अर्जेन्टाइन स्ट्राइकर कार्लोस टेभेजले नजिकैको दूरीबाट गोल गरे । गत साता वेस्टब्रममाथि जित हात पारेको टोलीमा सिटीका प्रशिक्षक रोबर्टो म्यान्सिनीले तीन खेलाडी परिवर्तन गरेका थिए । जोलेयन ल्यास्टक र मारियो ब्यालोटेलीको स्थानमा माटिजा नास्टासिक र सर्जीयो अगुइरोलाई खेलाइयो भने प्रतिबन्धित जेम्स मिलनरको स्थानमा अलेक्जेन्डर कोरालोभाले खेलेका थिए ।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको सिटीका लागि ३०आँै मिनेटमा गायल क्लिचीको पासमा टेभेजले ३० यार्डबाट गोल गरेका हुन् । अपराजित सिटी नौ खेलमा २१ अंक लिएर अंक तालिकाको दोस्रो स्थानमा छ । गत साता दुई पराजयको सामना गरेको आर्सनलले क्विन्स पार्क रेन्जर्ससँगको खेलमा १–० को जित हात पारेको छ । आर्सनलका लागि मिकेल आराटाले गोल गरे । शनिबार नै भएको फुलहाम र रेडिङबीचको खेलमा ३–३ गोलको बराबरी भयो । शनिबारका अन्य खेलमा विगानले वेस्टहामलाई १–० ले पराजित गर्‍यो भने एस्टन भिल्ला र नर्विच सिटीबीच १–१ गोलको बराबरी भयो । सन्डरल्यान्ड र स्टोकसिटीबीच गोलरहित बराबरी भयो ।
क्विन्स पार्क रेन्जर्ससँगको जितपछि आर्सनल भने नवाँै स्थानबाट चौथो स्थानमा उक्लेको हो । आर्सनलको नौ खेलबाट १५ अंक छ । आर्सनलका थोमस भर्मेलीनलाई फल प्रहार गरेका कारण क्विन्स पार्कका स्टिफन एमबियाले रातो कार्ड पाएको केही समयपछि नै आर्सनलले गोल गरेको थियो । यो सत्रमा क्विन्स पार्कको यो नवाँै रातो कार्ड हो । मिकेल लिगरउडले २६औँ मिनेटमा दिलाएको अग्रतालाई रेडिङले ६१आँै मिनेटसम्म कायम राखेको थियो । ६१आँै मिनेटमा फुलहामका ब्रायन ब्राइन रुइजले बराबरी गोल गरे भने ७७औँ मिनेटमा क्रिस बारियर्डले फलहामलाई अग्रता दिलाए । रेडिङका वैकल्पिक खेलाडी गेराथ म्याक क्लारीले ८५आँै मिनेटमा फेरि गोल गर्दै खेललाई बराबरीको दिशा दिए ।

प्रतिक्रिया