काठमाडौं : प्रहरीले दुर्लभ वान्यजन्तु सालकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप डडुवा–१ का ३० वर्षीय बुद्धिमान तामाङ र १७ वर्षीय आर्यन मोक्तान रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई आइतबार दिउासो बौद्धस्थित नयााबस्तीबाट पक्राउ गरेको हो । जिउादो भनिएको सालक १२ केजी तौलको रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ । (सौस)
प्रतिक्रिया