दाङमा मोटरसाइकल चोरी बढ्दो

दाङ, १२ कात्तिक । दाङ जिल्लामा चोरीका मोटरसाइकल चढ्ने क्रम बढिरहेकै समयमा प्रहरीले आफ्नो सकृयता पनि बढाउँदै गएको छ ।
प्रहरीले एक महिनाको अवधिमा ११ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मोटर साईकललाई प्रहरीले भन्सार पठाएको छ ।
यातायात व्यवस्था कार्यालय राप्तीम दार्ता भएका र सडकमा गुड्ने मोटर साइकलको चापलाई हेर्दा दाङको पश्चिमी क्षेत्रमा मात्रै झण्डै एक सय ५० को हाराहारीमा भन्सार छलेर भित्रिएका मोटरसाइकल हुन सक्ने अनुमान प्रहरीको छ ।
प्रहरीको सकृयता बढेसँगै चोरीका मोटरसाइकल ग्रामिण क्षेत्रमा पुराएर लुकाउने क्रम पनि बढेको सशस्त्र प्रहरी बेश क्याम तुल्सीपुरका प्रहरी निरीक्षक पूर्णप्रसाद न्यौपानेले जानकारी दिए ।
अवैधानिक मोटरसाइललाई बैधानिक बनाउन नक्कली ब्लू बुक र लाइसेन्स समेत बनाएर चलाउने गरेको फेला परेको प्रहरी भनाई छ ।
यातायात व्यवस्था कार्यालयमा दर्ता नभएका अवैधानिक मोटरसाइकल र ब्लु बुक छुट्टाउनै कठिन हुने गरेको प्रहरीले जनाएको छ ।
यसअघि ३० देखि ४० हजारमा किनबेच हुने गरेका चोरीका मोटरसाइकलको मूल्य दाङमा घटेर १५ देखि २० हजार पुगेको छ ।
पश्चिम पुरन्धारबाट वर्कशप नै सञ्चालन गरेर मोटरसाईकल चोरी गर्दै आएका ६ जनालाई प्रहरीले अदालतबाट म्याद गरेर राखेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया