गुल्मी, १० कात्तिक । जिल्लाकै सवैभन्दा धेरै गाडि गुड्ने रिडी रुद्रबेणी सडक खण्ड अवरुद्ध बनेको २ दिन सम्म पनि संचालनमा आउन सकेको छैन । सडक अवरुद्ध बनेपछि दशौको समयमा आवतजावत गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
बिहिबार देखि अवरुद्ध सडक अझै सम्म पनि संचालनमा आउन नसकेपछि थुप्रै यात्रुहरु मर्कामा परेका हुन । सडक खण्ड अन्तर्गत रुरु –३ पुलक्याम्प नजिकै सडक माथिबाट खसेको पहिरोले बिहिबार बिहान देखि सडक अवरुद्ध भएको हो ।
माथिबाट खसेको ठुलो ढुङ्गाले गर्दा सडक संचालनमा ल्याउन समस्या भएको हो । उक्त सडक संचालनमा ल्याउनको लागी अहिले २ वटा स्काभेटरले काम गरिरहेको रिडी प्रहरी चौकीले जानकारी दिएको छ । सडक अवरुद्ध बनेपछि रिडी देखि बाग्लुङ्ग बुर्तिबाङ सम्म जाने सयौा यात्रहरु रिडी मै अलपत्र परेका छन । उक्त सडक खण्ड अति ब्यस्त सडकका रुपमा लिने गरिन्छ ।
प्रतिक्रिया