घोराहीमा युवक माथि खुकुरी प्रहार

दाङ, ३ कात्तिक । दाङको घोराहीस्थित गणेश चलचित्रालय नजिकै एक युवक माथि खुकुरी प्रहार भएको छ ।
गणेश चित्रालय पछाडि दुई जनाको समूहले घोराही–१० बस्ने २६ वर्षीय गणेशबहादुर सिंहको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । आपसी विवादमा सिंह माथि खुकुरी प्रहार भएको थियो ।
घाईते सिंहको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार गरेर घर फर्किएका छन् । खुकुरी प्रहार गर्ने दुई जना युवा भने फरार रहेका छन् ।
सिंहलाई घोराही निवासी गणेश बिक र विकास बादीले खुकुरी हानेको दाङका प्रहरी प्रमुख उपरीक्षक लोकेन्द्र मल्लले बताए । सौर्य

प्रतिक्रिया