दस जुवाडे पक्राउ

रौतहट : गरुडा प्रहरीले जुवा खेलिरहेका दस जुवाडेलाई पक्राउ गरेको छ । गरुडा वैरिया–६ स्थित बिरा साहको घरमा जुवा, तास, कौडा खेलाइरहेका बेला इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरका फेकन चौधरी, पर्साका पवन पासवान, रौतहटका शेख लालबाबु, इदरिस मिया, विजय चौधरी, राम सोगारथ पासवान, शेख सलाहुद्दिन, जमदार साह, सुरेश यादव र शेख इसराफुल रहेका छन् । जुवाडेका साथबाट प्रहरीले ४५ हजार एक सय ९० रुपियाँ, मोबाइल, तास तथा कौडा बरामद गरेको छ । (सौस)

प्रतिक्रिया