मरुहिटी बुद्धिचाल प्रतियोगिता

काठमाडौं : मरुहिटी क्लबको ४३औँ वार्षिकोत्सवका अवसरमा खुला बुद्धिचाल प्रतियोगिता मंगलबार मरुहिटीको ढुंगेधारामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन राजन पुरी, हेराकाजी महर्जन, जनार्दन श्रेष्ठ, सीताराम अग्रवाल र लवकुमार श्रेष्ठले जित हात पारे ।
यसैगरी, हिमाल लामा, विवेक लामा, अरविन्दलाल जोशी, श्यामकृष्ण नापित, सुदीप बज्राचार्य आ–आफ्नो खेलमा विजयी भएका छन् । विजयी खेलाडीले एक अंक जोडेका छन् । स्विस लिग सात चरणको खेल हुने प्रतियोगिता ५ कात्तिकसम्म चल्नेछ । प्रतियोगितामा उपत्यकाका ३२ खेलाडीको सहभागिता छ । प्रतियोगिताका विजेताले १० हजार र उपिविजेताले सात हजार रुपियाँ पुरस्कार पाउनेछन् । यसअघि आयोजक क्लबका अध्यक्ष मनिश्री रत्न वज्राचार्यको सभापतित्वमा उद्घाटन कार्यक्रम भयो । नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी र स्थानीय अन्तर्राष्ट्रिय बुद्धिचाल खेलाडी जनार्दन श्रेष्ठले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे । (सौस)

प्रतिक्रिया