जनस्वास्थ्य प्रमुख हटाउन माग

काठमाडौं : तेह्रथुमका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखले अनियमितता गरेको र कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै कर्मचारीहरूले उनलाई हटाउनुपर्ने माग गरेका छन् । उनीहरूले जनस्वास्थ्य प्रमुख डा. भवानी शर्मालाई हटाउन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरूको ६ वटा संस्थाले संयुक्त रूपमा हस्ताक्षर गरी मन्त्रालयमा सोमबार डा. शर्मालाई हटाउनुपर्ने माग राखी पत्र पठाएका हुन् । प्रमुख डा. शर्माले कार्यालय तथा तेह्रथुम जिल्लाका अन्य स्वास्थ्य संस्थाका कर्मचारीलाई दुव्र्यवहार गरेको र आर्थिक अनियमितता गरेको कर्मचारीहरूको आरोप छ । ३३ जना कर्मचारीद्वारा हस्ताक्षरित सो पत्रमा तेह्रथुममा प्रमुख भएर आएदेखि नै डा. शर्माले कर्मचारीलाई हेप्ने, करारमा रहेका कर्मचारीलाई तलब नदिने, सरकारका कार्यक्रममा अनियमितता गर्नेलगायत आरोप छन् । (सौस)

प्रतिक्रिया