भारतमा नेपाली चेलीको सामूहिक बलात्कार

बैंगलोर : भारतको बैंगलोरमा कानुन विषय अध्ययनरत एक नेपाली छात्रामाथि सामूहिक बलात्कार भएको छ । भारतको ‘नेसनल ल स्कुल’मा अध्ययनरत २१ वर्षीया नेपाली चेलीलाई बैंगलोर विश्वविद्यालय मातहतको जनभारती क्याम्पस परिसरमा आठ व्यक्तिले सामूहिक बलात्कार गरेका हुन् ।
विश्वविद्यालयको छात्रावासमा बस्दै आएकी उनले भारतीय प्रहरीसमक्ष आफू सामूहिक बलात्कारको सिकार भएको बताएकी छन् । स्थानीय आइटी संस्थामा काम गर्ने प्रेमीसँग घुमिरहेका बेला आठ व्यक्तिले बलात्कार गरेको उनले बताएको प्रहरीले सोमबार जनाएको छ ।
क्याम्पसको वन क्षेत्रमा प्रेमीसँग घुमिरहेका बेला आठजना युवकले उनीहरूमाथि आक्रमण गरेका थिए । जंगलको भित्री भागमा पुर्‍याएर उनीहरूले छात्रामाथि बलात्कार गरेका थिए । ‘आठजना मानिसले हामीलाई आक्रमण गरी जंगलको भित्री भागमा पुर्‍याए । धम्क्याउँदै उनीहरूले हामीसँग पैसा मागे,’ उनले प्रहरीलाई सुनाएको घटनाको फेहरिस्त उद्धृत गर्दै भारतीय पत्रिका एसियन एजले लेखेको छ । प्रेमीले ‘आºनो पर्स कारमा छुटेको’ बताएपछि आक्रमणकारीले पैसा लिएर आउन प्रेमीलाई पठाएका थिए । त्यही मौका छोपी उनीहरूले छात्रामाथि बलात्कार गरेका थिए । बलात्कृत छात्रालाई मेडिकल जाँचका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया